शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • राहदानी प्रकरणमा मुछिएका मणिन्द्रराज यसअघि कल बाइपासमा संलग्न


    हुलाक प्रेस

    • सोमबार, असार ८ २०८३१०:१५
    राहदानी प्रकरणमा मुछिएका मणिन्द्रराज यसअघि कल बाइपासमा संलग्न

    काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले राहादानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित १६ जना र दुई कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

    उक्त प्रकरणमा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधी मणिन्द्रराज मल्ललाई पनि प्रतिवादी कायम गरिएको छ ।मुल्हबाउरका सञ्चालकहरू गेर्हार्ड मौरर र पावेल राकिच पनि प्रतिवादी छन् ।

    मुल्हबाउर र जर्मनको अर्को कम्पनी भेरिडोसले राहदानी छपाइको ठेक्का पाएका थिए । मुल्हबाउरका नेपाली प्रतिनिधि मल्ललाई अख्तियारले असार ३ मा पक्राउ गरेर हिरासतमा राखेको थियो । मणिन्द्रराज मल्ल तिनै व्यक्ति हुन्, जो यसअघि पनि कल बाइपाससम्बन्धी अपराधमा संलग्न कसुरमा पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मल्ललाई पक्राउ गरेर अवैध कल बाइपास गरेको कसुरमा अनुसन्धान गरेको थियो ।

    ब्युरोको प्रतिवेदनको आधारमा अदालतमा दायर गरिएको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

    सीआईबीका एक उच्च अधिकृतका अनुसार मल्लविरुद्ध त्यसबेला ३७ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । मल्ल यसपटक पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँग मिलेमतो गरेर राहदानी छपाइको ठेक्का लिएको कसुरमा पक्राउ परे ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ