बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्ने सर्वोच्चको निर्णय, थुनामै रहने


    हुलाक प्रेस

    • बिहीबार , असार १८ २०८३०८:२३
    एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्ने सर्वोच्चको निर्णय, थुनामै रहने

    काठमाडौँ । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरिएको निवेदन खारेज गर्ने फैसला सुनाएको छ । 

    न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार निवेदन खारेज गर्ने अन्तिम निर्णय सुनाएको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । आजैमात्र पौडेललाई विशेष अदालतले थप ६ दिन अनुसन्धानका लागि म्याद दिएको थियो । 

    पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ सुर्खेतबाट पक्राउ गरेको थियो ।

    पौडेलमाथि भइरहेको अनुसन्धानमा बन्दीप्रत्यक्षीकरणको निवेदनबाट हस्तक्षेप गर्न आवश्यक नभएको भन्दै सर्वोच्चले निवेदन खारेज गरेको हो । अदालतले विशेष अदालतबाट म्याद थप भएको देखिएको भन्दै गैरकानुनी थुनामा राखिएको भन्न नमिल्ने व्याख्या गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ