शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुर इमाडोलमा बाटो हिड्दै गरेकी युवतीलाई अश्लिल हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी


    हुलाक प्रेस

    • सोमबार, असार २२ २०८३०१:५८
    ललितपुर इमाडोलमा बाटो हिड्दै गरेकी युवतीलाई अश्लिल हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

    काठमाडौं । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गर्ने एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । पक्राउ परेका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । भट्ट शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

    सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । 

    ति युवतीले उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै प्रहरी प्रभाग इमाडोलमा पनि उजुरी दिएकी थिइन् । प्रहरीले ति युवतीको उजुरीका आधारमा सिसिटिभी फुटेजको संकलन गरी खोजी कार्य अघि बढाएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ