काठमाडौँ । प्रहरीले आरती रावललाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
रावलविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी (एसपी) दिलीप कुमार गिरीले बताए । रावलले एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोप छ ।
रावल दार्चुला जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्। उनले गिरी विरूद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन्।