आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • गणेश नेपालीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री गुरुङ वीर अस्पताल पुगे


    हुलाक प्रेस

    • बिहीबार , असार २५ २०८३११:४१
    गणेश नेपालीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री गुरुङ वीर अस्पताल पुगे

    काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ बिहीबार राति वीर अस्पताल पुगेका छन्।

    त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका गणेशको उपचार वीर अस्पतालमा भइरहेको छ। घटनापछि गृहमन्त्री गुरुङले अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

    प्रारम्भिक अनुसन्धानअनुसार राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका मुगुको सोरु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले चलाएको बा.प्र.०२–०६४ प ३२५० नम्बरको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलले ‘ह्वील लक’ लगाएपछि विवाद भएको थियो।

    अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार गणेशले सडकभन्दा बाहिर मोटरसाइकल राख्दा पनि किन ‘ह्वील लक’ लगाइएको भन्दै प्रश्न गरेका थिए। महानगर प्रहरीसँग विवाद चर्किएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ