शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • न्यायाधीश–सैनिक अधिकारीबाहेकको छानबिन र उजुरी लिन रोकिँदैन : आयोग


    हुलाक प्रेस

    • सोमबार, असार २९ २०८३१०:०७
    न्यायाधीश–सैनिक अधिकारीबाहेकको छानबिन र उजुरी लिन रोकिँदैन : आयोग

    काठमाडौं । सम्पत्ति छानबिन आयोगले पूर्वन्यायाधीश र सैनिक अधिकारीहरूबाहेक सम्पत्तिको विवरण लिन र छानबिन नरोकिने निर्णय गरेको छ । 

    आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सम्पत्ति छानबिनबारे स्पष्ट पारेको हो । आयोगले विज्ञप्तिमार्फत सर्वोच्च अदालतले बहालवाला तथा पूर्वन्यायाधीशका साथै, बहालवाला र पूर्वसैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित हुने जनाएको छ ।

    सम्पत्ति छानबिनको विषयमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको प्रति आजै सम्पत्ति छानबिन कार्यालयमा पुगेको थियो । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत शुक्रबार (असार २६) आयोगका नाममा अन्तरिम आदेश दिएको थियो । 

    सर्वोच्चले आयोगको नाउँमा अन्तरिम आदेश दिँदै रिटलाई पूर्ण इजलासमा पेस गर्न र १५ दिनभित्रै सुनुवाइका लागि पेसी तोक्न समेत भनेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ