बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना


    हुलाक प्रेस

    • मंगलबार, असार ३० २०८३०९:२९
    पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

    काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ ।

    गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौले आज सजाय निर्धारण गरेको हो । अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

    ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा  एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ