मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त


    हुलाक प्रेस

    • सोमबार, साउन ४ २०८३१०:३०
    एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त

    लण्डन । यूकेमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन् ।

    बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चाल्र्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ । उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन्।

    यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमवार राजा चाल्र्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए । 

    त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए । सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा “निकै बढेको“ बताए ।

    लेबर पार्टी संयुत्त, अधिराज्य (बेलायत) को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन् । (रासस\एएफपी)


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ