बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतबाट अस्वीकार


    हुलाक प्रेस

    • मंगलबार, साउन ५ २०८३०५:४४
    पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतबाट अस्वीकार
    फाइल तस्बिर

    काठमाडौँ । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो ।

    रामशरण महत लामो समयदेखि अल्जाइमर बिरामी भएकाले उनको हकमा उनकी पत्नी रोशना महतले मुल्तवीमा राख्न माग गर्दै निवेदन दिएकी थिइन् । तर, विशेष अदालतले मुल्तवीमा राख्न अस्वीकार गरेको हो ।

    ‘प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजि हाल मुलतबी राख्न मिलेन । कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ ।यसअघि अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवसहित ५५ जना र एक कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ