काठमाडौँ । काठमाडौँबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–३ आचार्यगाँउ घर भई हाल टेकु बस्ने वर्ष ६८ को उद्धव आचार्य र वर्ष ४० को कृष्ण खड्गी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उद्वव आचार्यको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिन लेसिलो बस्तु १२ ग्राम, नगद रु १५ हजार र दुई वटा मोबाइल तथा कृष्ण खड्गीको साथबाट नगद चार हजार रुपैयाँ एक थान मोबाइल र बा ४६ प १६२ नम्बरको स्कुटर बरामद भएको छ।