शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • रोल्पामा पहिरोमा परिएर दुई जनाको मृत्यु, १० जना बेपत्ता


    हुलाक प्रेस

    • बिहीबार , साउन २८ २०८३०८:५७
    रोल्पामा पहिरोमा परिएर दुई जनाको मृत्यु, १० जना बेपत्ता

    काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् ।

    बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् । हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।

    स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । घटनाको खबर राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ