शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • वन अधिकृतको एक करोड बढी अकुत सम्पत्ति, विशेष अदालतमा मुद्दा दर्ता


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८००६:५१
    वन अधिकृतको एक करोड बढी अकुत सम्पत्ति, विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडौं । एक करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दीर्घ नारायण कोइरालाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनले १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै सोही बराबरीको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।

    कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २२ गतेदेखि २०७८ फागुन १२ गतेसम्को उनको आमदानी तथा खर्च लगानीको विश्लेषण गर्दा एक करोड २५ लाख रुपैयाँ भन्दा बढी अकुत सम्पत्ति देखिएको अख्तियारको दाबी छ।

    सबै प्रकारको आम्दानीलाई कूल गर्दा उक्त समयमा उनले ८१ लाख ८६ हजार ९९६ रुपैयाँ आर्जन गरेको देखिन्छ। तर सोही जाँच अवधिको खर्चको विवरण केलाउँदा २ करोड ७ लाख ८३ हजार ३४९ रुपैयाँ देखिएकाले उनले एक करोड २५ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरी कमाएको दाबी गर्दै मुद्दा दायर गरिएको छ।

    साथै कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा लगानी गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ