शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी ९२ लाख बढी चोरी गरेको आरोपमा २९ जना पक्राउ


    हुलाक प्रेस

    • शनिबार, भदौ १३ २०८३०१:५९
    बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी ९२ लाख बढी चोरी गरेको आरोपमा २९ जना पक्राउ

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले बगाएर ल्याएको सेफ आफूखुसी तोडफोड गरी चोरी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ । उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरूले धादिङको गल्छी गाउँपालिका-४ बेल्खु खोलास्थित त्रिशूली नदी किनारमा सेफ फेलापारी तोडफोड गरेर पैसा चोरी गरेको प्रहरीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ