शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा


    हुलाक प्रेस

    • शुक्रबार, असोज ९ २०८३१०:४०
    सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ ।

    कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताए । शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उनले जानकारी दिए ।

    आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ