आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • सहमतिको आधारमा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुनेछः प्रधानमन्त्री दाहाल


    हुलाक प्रेस

    • आइतबार, माघ ७ २०८००१:२४
    सहमतिको आधारमा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुनेछः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन्। 

    असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्‍याइने बताए।। 

    प्रधानमन्त्रीले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे। 

    ‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ,’ उनले भने।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ