बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • एम्बाप्पेको दुई गोलमा पिएसजी क्वाटरफाइनलमा


    हुलाक प्रेस

    • बुधबार, फागुन २३ २०८००९:१०
    एम्बाप्पेको दुई गोलमा पिएसजी क्वाटरफाइनलमा

    एजेन्सी । केलियन एम्बाप्पेले दुई गोल गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ।

    मंगलबार राति रियल सोसिडाडको घरेलु मैदानमा भएको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लबलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित पिएसजी क्वाटरफाइनल प्रवेश गरेको हो।

    दोस्रो लेगमा पिएसजीको दुबै गोल केलियन एम्बाप्पेले संभव बनाए। जारी सिजननै पिएसजीमा आफ्नो अन्तिम बसाइ भएको घोषणा गरेका एम्बाप्पे अर्को सिजनको सुरुवातबाटै रियल म्याड्रिड जाँदै छन्।

    खेलमा १५ औं मिनेटमै एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता बनाए। पहिलो हाफमा १-० को अग्रता बनाएको पिएसजीका लागि उनले ५६ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

    मेरिनोले ८९ औं मिनेटमा गोल गरे पनि सोसिडाडको हार टार्न पर्याप्त भएन।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ