बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता


    हुलाक प्रेस

    • शुक्रबार, पुस १२ २०८१०८:५५
    लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता

    काठमाडौं । बक्सिङ डेमा लेस्टर सिटीलाई ३–१ ले हराउँदै लिभपुरलले इङ्लिस प्रिमियर लिग फुटबलमा सात अंकको अग्रता बनाएको छ ।

    बिहीबार राति घरेलु मैदान एनफिल्डमा जितसँगै लिभरपुलले १७ खेलमा ४२ अंक जोडेको छ । १८ खेल खेलेर ३५ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएपछि लिभरपुलले दूरी बढाएको हो ।

    ३४ अंकसहित नटिघंम फोरेष्ट तेस्रो स्थानमा छ । एभर्टनसँग बराबरी खेलेको साविक विजेता म्यानचेष्टर सिटी २८ अंकसहित सातौं स्थानमा झरेको छ ।

    घरेलु मैदानमा लिभरपुलले पुनरामगन जित निकालेको हो । लेष्टरका जोर्डन आयेवले छैटौँ मिनेटमा गोल गरेपछि लिभरपुल दबाबमा आएको थियो । कोडी गाक्पोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरेका हुन् ।

    ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता बनाए । खेल सकिँन ८ मिनेटअघि मोहम्मद सलाहले गाक्पोको पासमा गोल गर्दै सहज जित दिलाएका हुन् । 
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ