बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • सिटीको पुनरागमन जित


    हुलाक प्रेस

    • आइतबार, माघ १३ २०८१०९:०६
    सिटीको पुनरागमन जित

    काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार चेल्सीविरुद्ध ३-१ को पुनारागमन जित दर्ता गरेको छ ।

    जितसँगै २३ अ‍ेलमा ४१ अंक जोडेको सिटी चौथो स्थानमा उक्लिएको छ । पराजित चेल्सी समान खेलबाट ४० अंकका साथ छैटौं स्थानमा छ ।

    इत्तिहाद रंशालामा घरेलु टोलीलाई जित दिलाउन जोस्को ग्वार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका लागि नोनी माडुकेले गोल गरे ।

    खेलको तेस्रो मिनेटमै माडुकेको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ४२औं मिनेटमा ग्वार्डियोलले सिटीका लागि बराबरी गोल फर्काए । हालान्डले ६८औं मिनेटमा गोल गर्दै सिटीलाई २-१ ले अगाडि बढाए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा फोडेनले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

    लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा लिभरपुलले इप्सवीच टाउनलाई ४-१, न्यसक्यासल युनाइटेडले साउथह्म्पटनलाई ३-१, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ५-० तथा आर्सनलले उल्भरह्याम्पटन र एभर्टनले ब्राइटनलाई समान १-० ले पराजित गरे । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ