बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • भ्यालेन्सियाविरुद्ध सहज जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा


    हुलाक प्रेस

    • शुक्रबार, माघ २५ २०८१११:१८
    भ्यालेन्सियाविरुद्ध सहज जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

    काठमाडौं । भ्यालेन्सियाविरुद्ध उसैको मैदानमा ५–० को सहज जित निकाल्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार राति स्टाडियो मेस्टालामा पाहुना टिमलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक गरे । लामिन यमल र फेर्मिन लोपेजले समान एक गोल थपे । 

    खेलको तेस्रो मिनेटमा नै टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । १७औँ मिनेटमा टोरेसले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । २३औँ मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता ३–० मा पुर्‍यायो । ३०औँ मिनेटमा टोरेसले ह्याट्रिक गर्दा बार्सिलोनाले पहिलो हाफमै अग्रतालाई ४–० मा राखेको थियो । 

    ५९औँ मिनेटमा युवा फरवार्ड यमलको गोलसँगै बार्सिलोनाले ५–० को फराकिलो जित निकाल्यो । बार्सिलोनाले यसअघि ला लिगाको खेलमा भ्यालेन्सियालाई ७–१ ले हराएको थियो ।

    बिहीबार राति नै भएको अर्को खेलमा ओसासुनाविरुद्ध २–० को जित निकाल्दै रियाल सोसिडाडले अन्तिम चारको यात्रा तय गरेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ