बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • एम्बाप्पेले रियल म्याड्रिडलाई हारबाट जोगाए


    हुलाक प्रेस

    • आइतबार, माघ २७ २०८१०९:१४
    एम्बाप्पेले रियल म्याड्रिडलाई हारबाट जोगाए

    काठमाडौं । शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफको पाँचौँ मिनेटमा जुड बेलिङघमको प्रहार रिबाउन्ड भएर आफ्नो अघि आइ पुगेपछि एम्बाप्पेले गोल गरेका थिए । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बेलिङघमको एक प्रहार क्रस बारमा लागेको थियो भने एक प्रहार विपक्षी गोल रक्षक जान ओबलाले बचाएका थिए ।

    बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल भएको छ ।

    स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३-२ ले हरायो । एथलेटिको क्लबले गिरोनालाई ३-० ले र भिल्लारियलले लास पल्मासलाई २-१ ले हराएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ