बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • चेल्सीको सानदार जित


    हुलाक प्रेस

    • बुधबार, फागुन १४ २०८१११:०५
    चेल्सीको सानदार जित

    काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर मंगलबार साउथह्याम्पटनविरुद्ध ४-० को सानदार जित दर्ता गरेको छ ।

    जितसँगै २७ खेलमा ४६ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्पटन समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।

    स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई एकतर्फी जित दिलाउन क्रिस्टोफर एनकुकु, पेड्रो नेटो, लेवी कोल्विल र मार्क कुकुरेलाले गोल गरे ।

    खेलको २४औं मिनेटमा एनकुकुको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ३६औं मिनेटमा नेटोले टोलीको अग्रता दोब्बर बनाए ।

    पहिलो हाफको अन्तिम समयमा कोल्विलले टोलीका लागि तेस्रो गोल गरे । ७८औं मिनेटमा कुकुरेलाले गोल गर्दै चेल्सीलाई  ४-० काे सानदार जित दिलाए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ