मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • मदन पुरस्कारका निम्ति यी सात पुस्तकको सूची सार्वजनिक


    हुलाक प्रेस

    • मंगलबार, साउन ६ २०८२१२:२७
    मदन पुरस्कारका निम्ति यी सात पुस्तकको सूची सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का निम्ति सात कृतिको छनोट गरेको सूची सार्वजनिक गरेको छ ।

    ‘उरमाल’ (छुदेन काविमो), ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ (रमेश भुसाल), ‘दज्र्यु संलाप’ (कुमारी लामा), ‘पञ्चतत्वको पालाम’ (मनप्रसाद सुब्बा), ‘बहुरुपी’ (श्रेयज सुवेदी), ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) (सुधीर शर्मा) र ‘हिउँको गीत’ (तीर्थ गुरुङ) मदन पुरस्कारका निम्ति प्रारम्भिक सूचीमा परेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

    यीमध्ये एक कृतिका स्रष्टालाई मदन पुरस्कार प्रदान गरिनेछ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ