मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • ब्रिटिस काउन्सिलको विश्व अवार्ड फाइनलमा पुगे नेपाली पत्रकार खड्का


    हुलाक प्रेस

    • शुक्रबार, साउन १६ २०८२०९:२६
    ब्रिटिस काउन्सिलको विश्व अवार्ड फाइनलमा पुगे नेपाली पत्रकार खड्का

    काठमाडौँ । ब्रिटिस काउन्सिलको विश्व अवार्डमा नेपाली पत्रकार घनश्याम खड्का फाइनलमा पुगेका छन् । काउन्सिलले विश्वभरका १३ सय आवेदकहरूबाट छनोट गरेका अन्तिम २८ अनुहारमा नेपालका एक्ला अनुहार खड्का परेका छन् ।

    बेलायती शिक्षा लिएर आफ्नो देश तथा क्षेत्रमा अतुलनीय कर्म गर्नेहरूलाई छनोट गरिने यो सूचीमा खड्का परेका हुन् । उनले पत्रकारितामा मानव अधिकार तथा संक्रमणकालीन न्यायको क्षेत्रमा गरेको कर्मलाई उनी फाइनलमा पुग्ने कारण बताइएको छ ।

    अन्तर्राष्ट्रिय तथा युरोपेली कानुनमा सन् २०१७ मा बेलायतको लिड्स विश्वविद्यालयबाट खड्काले उच्च शिक्षा अध्ययन गरेका थिए । उनी फाइनलमा पुगेको खुसी विश्वविद्यालयले पनि साटेको छ । खड्कालाई एक पत्र पठाउँदै विश्वविद्यालयले आज बधाई दिएको छ ।

    खड्कालाई ‘संस्कृति र सिर्जनशीलता’को शीर्षकमा छानिएको हो । ‘निर्वाण’ र ‘आनन्द संहिता’ नामका दुई पुस्तकका  लेखकसमेत रहेका खड्का हाल कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ