मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • साउदी अरबमा एक नेपालीले मृत्युदण्ड पाए, मृत्युदण्ड अघि अन्तिम इच्छामा के भने ?


    हुलाक प्रेस

    • सोमबार, भदौ १६ २०८२१०:२१
    साउदी अरबमा एक नेपालीले मृत्युदण्ड पाए, मृत्युदण्ड अघि अन्तिम इच्छामा के भने ?

    काठमाडौँ । साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ । आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी सरकारले रानाभाटलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

    तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७:५९ बजे मृत्युदण्ड दिएको हो । हत्याको घटना दुइ वर्ष अघिको हो । साउदी अरबको दमामस्थित तल्लो अदालतका अनुसार पुष्पराजले एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको २०८० असोज २ गते हत्या गरेका थिए । राय र झा दुवै महोत्तरीका हुन् । यही मुद्दामा तल्लो तहको मृत्युदण्ड दिने फैसलालाई उच्च र सर्वोच्च अदालतले सदर गरेका थिए ।

    यो घटनामा पुष्पराजले कसरी हत्या गरेका थिए, घटनाको पृष्ठभूमि के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यस घटनाबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले आपसी विवादमा हत्याको घटना भएको बताएपनि अरु विस्तृत विवरण बताउन चाहेनन् ।

    साउदीमा सार्वजनिक कानुन अनुसार मृत्युदण्डको सजाय सुनाएपछि पीडित पक्षले 'ब्लडमनि' लिएर माफी दिन सक्ने ब्यवस्था छ । तर, औपचारिक रुपमा यो मुद्दामा पीडित र पीडकबीच कुरा नै भएन । उनीहरु तीनै जना सामान्य श्रमिक थिए ।

    साउदी अरबमा मृत्युदण्डको फैसला कार्यान्वयन गर्नुअघि व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन छ । साउदी सरकारले त्यहाँस्थित नेपाली दुतावासलाई पठाएको पत्रमा रानाभाटले पोखरामा रहेको आफ्नो सम्पत्ति श्रीमती र छोरालाई दिन अन्तिम इच्छा राखेको कुरा उल्लखे छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ