बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन


    हुलाक प्रेस

    • मंगलबार, पुस ९ २०८११०:४८
    चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन

    काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ।

    समाचार एजेन्सी पीटीआईका अनुसार ९० वर्षीय बेनेगलले मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ अन्तिम सास लिएका हुन्।

    श्याम बेनेगल २ वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए। 'अंकुर','निशान्त','मन्थन','भूमिका' र 'मंडी'जस्ता फिल्म निर्देशन गरेका बेनेगललाई ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छ।

    उनका फिल्ममा लैंगिक समानता, सामाजिक न्याय र राजनीतिक संघर्षजस्ता विषय थिए। श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि स्मरण गरिन्छ। 

    उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषण प्रदान गरिएको थियो। फिल्म निर्देशक बेनेगलले केही दिनअघि डिसेम्बर १४ मा आफ्नो ९०औँ जन्मदिन मनाएका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ