बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • ‘एक्टर’को गीतमा त्रिकोणात्मक प्रेम कथा


    हुलाक प्रेस

    • आइतबार, पुस २१ २०८११०:४६
    ‘एक्टर’को गीतमा त्रिकोणात्मक प्रेम कथा

    काठमाडौं । प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’को गीत सार्वजनिक भएको छ । ‘के भरोसा गरम...’ बोलको गीतमा  हर्कुलस बस्नेत र इन्दिरा जोशीका स्वर छ । उर्मिला गुरुङको शब्दरचना रहेको गीतमा हर्कुलसको संगीत छ ।

    गीतमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी छन् । 

    चलचित्र ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ । 

    माघ २६ गते रिलिज हुने चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । 

    निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ