बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • दयाहाङको चलचित्र ‘कार्साङ’ले कति कमायो ?


    हुलाक प्रेस

    • बुधबार, माघ २३ २०८११२:२३
    दयाहाङको चलचित्र ‘कार्साङ’ले कति कमायो ?

    काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘कार्साङ’ले २१ दिनमा एक करोड ६३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

    पुस २६ गते रिलिज भएको चलचित्रले २१ दिनमा एक करोड ६३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले जानकारी दिएको छ । 

    एक करोड २० लाख लगानी रहेको चलचित्रले ओभरसिज मार्केटबाट एक करोड १५ लाख उठाएको निर्माणपक्षले जनाएको छ । डिजिटल राइट्स ३० लाखमा बिक्री भएको थियो ।  

    यम शेर्पाले निर्देशन गरेको ‘कार्साङ’मा दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको थियो । 

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

    सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको आङछिरिङ शेर्पा हुन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ