बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल हुने


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१०९:१५
    नेपालमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

    काठमाडौं । नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो ।

    नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ ।

    फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।

    नेपालको महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरू पनि बिहीबारदेखि सुरू हुँदै छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ