बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • आर्सनलको उपाधि होडमा धक्का


    हुलाक प्रेस

    • आइतबार, पुस २१ २०८११०:०७
    आर्सनलको उपाधि होडमा धक्का

    काठमाडौं । ब्राइटन एन्ड होभ एल्बियनसँग अंक बाँडेपछि इङ्लिस प्रिमियर लिगमा आर्सनलको उपाधि होडमा धक्का लागेको छ। 

    शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–१ को बराबरी गरेपछि उपाधि होडमा धक्का लागेको हो। 

    पहिलो हाफको १६औँ मिनेटमा एथान एनावेरीको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६१औँ मिनेटमा जाओ पेड्रोले पेनाल्टीमा बराबरी गोल गरेपछि आर्सनलको अंक खोस्न सफल भएको हो। 

    बराबरीसँगै आर्सनल शीर्ष स्थानको लिभरपुलसँग ५ अंकले पछि परेको छ। लिगको २० खेलबाट ११ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोगेको आर्सनलको ४० अंक छ। 

    आर्सनलभन्दा २ खेल कम खेलेको लिभरपुलको ४५ अंक छ। लिभरपुलले १८ खेलमा १४ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा मात्र हार भोगेको छ। 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ