बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • शीर्ष स्थानमा उक्लियो रियाल


    हुलाक प्रेस

    • सोमबार, माघ ७ २०८१०९:३७
    शीर्ष स्थानमा उक्लियो रियाल

    काठमाडौं । लस पाल्मेसविरुद्ध ४–१ को पुनरागमन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । 

    आइतबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियाललाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै, ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल थपे ।

    लस पाल्मेसका फाबियो सिल्भाले एक गोल गरेका थिए । सिल्भाले पहिलो मिनेटमै गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । 

    तर, रियालको यो अग्रता लामो समय कायम रहन भने सकेन । खेलको १८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियालाई खेलमा फर्काएका थिए । 

    ३३औँ मिनेटमा डियाजले गोल गर्दै घरेलु टिमलाई २–१ को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि एमबाप्पेले नै गोल गरेपछि रियालले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । 

    यस्तै, ५७औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि रियालले ४–१ को जितसहित तीन अंक पक्का गरेको हो । 

    जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको रियालले २० खेलबाट ४६ अंक जोडेको छ । जुन दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको भन्दा दुई अंक धेरै हो । 

    समान खेलबाट २२ अंक जोडेको पाल्मेस भने तालिकाको १४औँ स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ