काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै वेस्टह्याम युनाइटेडसँग १-० ले पराजित भएको छ ।
हारसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंक दूरी घटाउने अवसर गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक छ । यो लिभरपुलको भन्दा आठ अंक कम हो । यता जित हात पारेको वेस्टह्याम समान खेलबाट ३० अंकका साथ १६औं स्थानमा छ ।
इमिरेट्स मैदानमा जारोड बोवेनले गरेको एकमात्रै गोल वेस्टह्यामलाई जित दिलाउन पर्याप्त बन्यो । उनले आरोन वान बिसाकाको पासलाई पोस्टको दिशा दिए ।
माइल्स लुइस-स्केलीले ७३औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।