बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०१:१६
    राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।

    राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञपतिमा जनाइएको छ ।

    यसअघि उनिसँग श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ । 

    नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ । 

    यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #nicpothas
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ